इटहरी , प्रदेश नं १ को मोरङ र सुनसरीमा अहिले अत्याधिक मात्रामा डेंगुका बिरामीहरु बढ्दै जान थालेका छन । धरानबाट फैलिएको यो रोग इटहरी हुँदै मोरङको सुन्दरहरैचा, बेलाबारी पथरिसनीश्चरे हुँदै झापाको केही भागमा समेत देखिन थालेको छ ।

इटहरी स्थित इटहरी मेडिकलले ल्याव टेस्टको गलत रिपोर्ट निकालेको छ । मेडिकलले डेंगु नलागेको व्यक्तिलाई डेंगु लागेको रिपोर्ट दिएको हो । मोरङ सुन्दरहरैचाका रेवती निरौलाको ल्याव टेस्टको रिपोर्टमा यस्तो कैफत देखिएको हो ।

शनिबार दिउँसो २ बजे इटहरी मेडिकलमा जचाउँदा डेंगु पोजेटिभ देखिएको थियो । तर, निरौलामा कुनै पनि डेंगु सम्बन्धि लक्षण देखा परेको थिएन । त्यसैले उनलाई रिपोर्ट गलत हो की भन्ने आशंका लाग्यो र फेरि सामुदायिक अस्पताल जचाउँन गए । त्यहाँ जचाउँदा डेंगु नभएको रिपोर्ट आयो ।

त्यसपछि इटहरी मेडिकलले दिएको डेंगु पोजेटिभको रिपोर्ट बोकेर उनी त्यहाँका डाक्टर सञ्जय कुमार राठीलाई भेट्न गए । डा. राठीले उनलाई पुनः जचाउँन आग्रह गरे । पुनः जचाउने क्रममा डेंगु नेगेटिभ नै देखियो । त्यसपछि उनले गलत रिपोर्टको विषयमा डा. राठीसँग भेटेर जिज्ञासा राख्दा उनले भने, ‘कहिले काहीं गलत रिपोर्ट आउँछ, पहिले पनि आएको थियो । अरु ल्यावहरुमा पनि आउँछ । यो भन्दा गंभीर प्रकृतिको चेकजाँचमा पनि गलत रिपोर्ट आएको उदाहरण छ ।’

तपाईको प्रतिक्रिया