alt

 

सुन्तला खाँदा जति मिठो हुन्छ, उत्तिकै स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ ।

सुन्तलामा प्रसस्त मात्रामा फाइबर, फोलेट, भिटामिन सी, पोटासियम र क्याल्सियम पाइन्छ । जसले गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ ।

बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तला खानु उत्तम मानिन्छ । दिनहुँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट समेत बचाउँछ । सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ । सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् । सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ । सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ । यिनले मुटुको गतिविधिलाई सूचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पु–याउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ ।

तपाईको प्रतिक्रिया