काठमाडौं / चर्चित रियालिटी सो द भ्वाईस अफ नेपालको टप १० मा पुग्न सफल मोरङ उर्लाबारी निवासी मेचु धिमाललाई भोटिङ गर्ने क्रम जारी रहिरहेको बेला सकृय रुपमा लागिरहेका मेचुका बुवा मंगलवार रोजगारका लागि विदेश जाने भएका छन् । यता मेचु इतिहास रच्ने क्रममा छिन् भने बुवा सन्तुलाल धिमाल भने घरको ऋण तिर्न विदेश जाने भएका छन् ।

संयोग पनि कस्तो न जाउ त थाप्लोभरी ऋण छ, जाँउत छोरी मेचुलाई भोट चाहिएको छ बुवा सन्तुलालले सञ्चारकर्मीहरुलाई भने, ‘यहि बेला भिषा लाग्यो । ४ छोरी रहेका सन्तुलाललाई छोरा नभएकोमा कति पनि दुःख छैन र थिएन पनि । छोरीले नाम राखेकी छिन्, यसैमा खुशी छौ । यद्यपि, भोटकै कारण मेचुपछि पर्छिन कि भन्ने चिन्ता छ उनलाई ।

आफ्नो छोराछोरी अघि बढेको कस्लाई मन पर्दैन र उनले भने‘ अरु प्रतियोगि पनि मेरो छोराछोरी जस्तै हुन्, मेचुको भ्वाईस मन पर्छ भने भोट गरिदिनुहोला । बुवा सन्तुलालले आफु जहाँ रहेपनि छोरीको लागि आर्शिवाद रहेको बताए । आमा गीता कुमारी धिमालले पनि छोरीको लागि भोटको अपिल गरेकी छिन् ।

हिजो मेचुले आमा म गायिका बन्छु भनेको यादहरु अहिले झलझली आईरहेको छ, हामीले छोरीको निर्णयमा साथ दिएर ठिक गरेछौ आमा गीताकुमारीले खुशी हुँदै सुनाईन्, अब मेचुले भ्वाइस अफ नेपाल जितेको हेर्ने धोको छ । तर कहाँ हाम्रो आटले मात्र काहाँ पुग्छ ।

अल्पसंख्यक धिमाल जातिहरुले अहिले सम्म ईतिहास राख्न सकेका छैनन् ।

अझ भनौं झापा मोरङ सुनसरीमा उल्लेख्य बसोबास रहेका धिमाल समुदायलाई खोलामा माछा मारेर खाने जाति अझ अपवाद बाहेक पिछडिएको जाति भन्ने बुझ्ने धैरै छन् । जात्रि र ढङढङे मेलामा उल्लेख्य सहभागी रहने यो समुदाय पनि जोडतोडका साथ लाग्नुपर्ने सहसंयोजक भीष्म बुढाथोकी बताउछन् ।

हिजो निसान भट्टराईलाई नेपाल आइडल र निकिता चाण्डकलाई मिस नेपाल बनाएको उर्लाबारीबासी लगायत सबै लाग्नुपर्ने भएको छ , बुढाथोकीले भने । हाम्रो समुदायमा नै भोट माग्न पुग्न सकिरहेका छैनौ, समय थोरै छ गनुपर्ने धेरै, अभियानकर्मी बिजय धिमाल भन्छन्, यो अबसर बारम्बार आउँदैन्, अबसरको सदुपयोग गरौं ।

मेचुलाई भोट गर्नको लागि ०६ लेखेर ३७००० हजारमा सेण्ड गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया