इटहरीमा चर्चित गायक दुर्गेश थापा र चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा मग्सिर २६ एकदिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक) कार्यक्रम हुन लागेको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन् ।सहयोगका लागि यो कार्यक्रम गर्न लागेको यसै कार्यक्रमका संयोजक यम कुमार राईले बताए । माया घरमा सहयोग गर्ने,अनाथ तथा असाहयहरुका लागि न्यानो कपडा वितरण गर्ने सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताएका छन्।नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरी म्युजिक फेस्टिवल आयोजना गर्न लागेको यसै कार्यक्रमका सह संयोजक निकेश खतिवडाले बताए ।साथै यसै कार्यक्रममा रङ वे समेत रहेको यसै कार्यक्रमका सदस्य दिपक गिरिले जानकारी दिए ।

यस कार्यक्रमको इभेन्ट पार्टनरको रुपमा सोच खबर प्रा। लि।रहेको छ भने  हस्पिटालिटीमा बगान होटेल रहेको छ । कार्यक्रम हुने स्थान राष्ट्र मा बि को खेल मैदान । अन्य कलाकारहरुमा सौरव भट्टराई ,सैलेश निरौला,हिडेंन टेम्पल ब्याण्ड ,प्रतिक अधिकारि आदि रहेका छन ।

तपाईको प्रतिक्रिया