के तपाईहरु लाई थाहा छ ? हामी हाम्रो भान्सामा तरकारी पकाउदा प्रयोग गर्ने लसुनबाट चिया समेत बनाउन सकिन्छ । यस बारेम मानिसहरु लाई खास्सै थाहा नहुन सक्छ । यसको चिया खानु हाम्रो लागी निकै फाइदाजनक छ ।
लसुनको स्वादले खानाको स्वाद निकै बढाउन मद्धत गर्छ । र यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । लसुन र अदुवालाई पिसेर पानीमा उमाल्ने र पानि सेलाएपछि यसमा कागती र मह मिसाएपछि लसुनको चिया तयार हुन्छ । लसुनको चियाले हामीलाई यसरी फाईदा पुर्याउदछ ।
१) लसुनको चियाले शरीरको अनावश्यक बोशोलाई कम गरेसंगै तौल नियन्त्रणमा रहन्छ ।
२) बिहानबिहान लसुन चियाको सेवनले मानिसको शरीरको मेटाबोलिज्म ठिक पार्छ र पाचन तन्त्रले ठीकसँग काम गर्छ ।
३) लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइने हुनाले मानिसको हड्डीलाई बलियो बनाउँछ ।
४) लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गरी मानिसलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन गर्छ ।
५) लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।
६) लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ ।
७) लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ जसले छालामा चमक आउँछ ।
८) लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार भई मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।
९) दैनिक लसुन चियाको सेवनले शरीरको कोलस्ट्रोल तह कम गरी मधुमेह हुँन दिदैन भने शरीरबाट विषाक्त पदार्थ सजिलै बाहिर निस्किन्छन् र यसले गर्दा रगत सुद्ध हुन्छ ।


















