भनिन्छ श्रीमान श्रीमतीको नाता सबैभन्दा उत्तम र पवित्र नाता हो । तर कहिले काँही भने श्रीमान् श्रीमतीबीच एक अर्काप्रति अविश्वस पैदा भएर सम्बन्ध नै धरापमा पर्ने खतरा हुन्छ । वैवाहिक सम्बन्ध टुट्नुमा श्रीमान र श्रीमती दुवैको कमजोरी हुन्छ । तर कतिपय अवस्थामा भने श्रीमानले श्रीमतीको ख्याल नगर्दा र श्रीमतीले श्रीमानका भन्दा अरुका विश्वास गर्नाले पनि सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ । हिजो आज विकराल बन्दै गइरहेको समस्या के पनि हो भने विभिन्न कारणले श्रीमती अर्कैसँग सल्किनु । श्रीमती अर्कैसँग लहसिन थालेको पहिले नै थाहा पाउन सक्यो भने त्यसबाट हुने क्षतिबाट बच्न सकिन्छ । श्रीमती अर्कैको संगतमा लागेको कसरी थाहा पाउने त ? यो आलेखमा श्रीमतीले श्रीमानलाई धोका दिएको कसरी थाहा पाउने भनेर यहाँ उल्लेख गरिएको छ ।

नुहाउने र जीम-विगतमा दिउँसो नुहाउन अल्छी मान्ने तपाईंकी श्रीमती घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् ? के उनी पहिलाको भन्दा जीममा बढी धाउने गर्दछिन् ? सम्झिनुस् त्यहाँ पनि तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ । श्रीमतीको बास्ना-श्रीमतीले पहिले र अहिलेमा कत्तिको बास्नादार हुने गर्छिन ? उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।

फोन कल-तपाईको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ ।

केटी साथीहरुसँग बढी घुलमिल-उनका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

आँखा जुधाई-पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमती अहिले प्रश्नहरु सोध्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् । कतै तपाईंको श्रीमतीले तपाईलाई झारा टार्ने गरी शारीरिक सम्बन्धमा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।

तपाईको प्रतिक्रिया