मोरङ / मोरङको बुढीगंगामा रहेको  बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा क्याथ ल्याब सेवा शुरु भएको छ । प्रदेश नं १ कै नमूना अस्पताल बनाउने सोच सगैं हरेक प्रकारका बिरामीका लागी सर्व शुलभ शुल्कमा उत्कृष्ट, गुणस्तरीय,सफा र शान्त वातावरणमा अत्याधुनिक ल्याब सहित सम्बन्धित रोगका बिशेषज्ञ चिकित्सकहरु द्धारा मात्र उपचार सेवा प्रदान गर्दै आएको यस अस्पतालले मुटु रोगीहरुको उपचारका लागी अत्याधुनिक क्याथ ल्याब सेवा शुरु गरिएको छ  ।

सुनसरी निवासी १८ बर्षिया सिजन राई घरमा गित गाउदा गाउदै एक्कासी बेहोस भएर उपचारका लागी ल्याउदा बिरामी कोमामा गएको अवस्थामा थिए । बिरामीका जाचका लागी सि.टी.स्क्यान गर्दा दिमागको भित्री भाग पानी जम्ने कोठामा रगत जमेको पाइयो । बिशेष गरी यो उमेरमा यस्तो नहुनु पर्ने हो तर यस्तो बिशेष गरी नशाको गुजुल्टो भएर हुने गर्दछ ।  सि.टि. स्क्यान पछि सि.टी. एन्जियो गर्दा तुरुन्तै अप्रेशन गरिहाल्नु पर्ने देखीएन तर सि.टि. एन्जियो गर्दा पनि प्रष्ट नदेखीए पछि डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी (DSA) गर्नुपरेको हो । यो जाँच प्रबिधीमा बिरामीलाई सुताएर एउटा खुट्टाको ठुलो नशाबाट तार पठाएर त्यो तारलाई मुटुको माध्यम हुदै अझ माथी दिमाग सम्म पुर्याउने गरिन्छ । यो प्रबिधिबाट जाँच गर्दा कन्ट््रास्ट हालेर जाँच गरिने भएकोले अरु रोग देखीए पनि उपचार गर्न सकिन्छ ।

dav

यसरी बिरामीको डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी (DSA) जाँच गर्दा दिमागको पानी जम्ने भित्री भागमा नशाको गुजुल्टो देखीएको र यो धेरै भित्री भागमा देखिएको छ । यो एकदमै बिरल र जटिल प्रकारको पनि हो । न्यूरोलोजिष्ट र इन्टरभेन्सनिष्ट डा. सामर्थ सिंह, डा. बिबेक बैद्य, एनेशथेसिया बिशेषज्ञ डा. कनक नर्सिङ स्टाफ उष्मा,भूमिका, एलिना लगायतका टिमको संलग्नतामा सफल जाँच गर्नुका साथै क्याथ ल्याब सेवा सुचारु भएको छ ।

तपाईको प्रतिक्रिया