विराटनगर/  विराटनगरको  स्पार्क नेचुरोपेथी तथा फिजियोथेरापी अस्पतालले विराटनगरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आफनो चौंथो वार्षिकोत्सवको अवसर पारेर यही पुस ९ गते देखि १० गते सम्म बिराट सांग्रिला स्पोटिङ क्लवको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको अस्पतालका संचालक रुपेस अधिकारीले जानकारी दिएका छन् ।

शिविरमा आउने विरामीलाई काठमाडौंबाट आएका नेपालकै पहिलो प्राकृतिक विशेषज्ञ डा. सुनिल कुमार पौडेल सहित ३ जना चिकित्सकहरुले जाँच गर्ने बताएका छन्  । नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा प्राकृतिक रुपबाट गरिने उपचारप्रति बिरामीलाई प्रेरित गर्ने र रोग लागिसकेकालाई प्राकृतिक माध्यमबाट उपचार गर्ने उद्देश्यले शिविर गर्न लागिएको हो ।

शिविरमा कम्मर दुख्ने, गर्दन दु्ख्ने , हड्डी खिइएकोे, बाथ, नशा च्यापिएको, हाडजोर्नीको दुखाई, प्यारालाइसिस लगायतका समस्याको विशेष उपचारको सेवा दिइने बताएको छन् । यसका साथै शिविरमा आउने विरामीलाई औषधिमा समेत विशेष छुट प्रदान गरिने भएको  छ । अस्पतालको प्रांगणमा हुने उक्त शिविरको दोस्रो दिन वृहत रत्तदान कार्यक्रम समेत रहेको अधिकारीले बताए । रगत अभाव भइरहेको बेला मद्दत पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम पनि आयोजना गरिएको बताए । विपन्न आर्थिक अवस्था कमजोर भएकाहरुको लागि विषेश गरी यस शिविरको आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने उक्त शिविरमा झण्डै ३ सय बढि विरामीले सेवा लिने अपेक्षा गरिएको छ । ६० वर्ष नाघेका वृद्ध वृद्धा  भएका लाई उपचारमा २५ प्रतिशत छु दिइदै आएको पनि अधिकारीले बताए । विभिन्न समयमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गदै आएको यस अपस्तालले २००० हजार बढि बिरामीलाई सेवा प्रदान गरिसकेकोअस्पातलका अध्यक्ष रुपेश अधिकारीले बताएका  छन्।

तपाईको प्रतिक्रिया