सुत्केरीलाई अस्पतालको डेलिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला होसहवास उड्यो जब डाक्टरले उनीहरुलाई डेलिभरीको क्रममा बच्चाको टाउको काटिएको जानकारी दिए ।

डाक्टरका अनुसार बच्चाको टाउको काटिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको गभभित्रै छुटेको थियो ।

घटना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन् । उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो । उनीसँग डाक्टरहरुले सामान्य डेलिभरी हुने बताएका थिए । स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए । डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन ।

स्वतीका अनुसार अछमपेट अस्पतालमा उनलाई एउटा इन्जेक्सन दिइएको थियो । त्यसपछि लेबर रुममा लगिएको थियो । त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन् । तर, केही बेरपछि स्वातीलाई उनको स्थिति बिग्रिँदै गइरहेको बताइयो । डाक्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्पतालमा रिफर गर्ने बताए ।

स्वातीका अनुसार जब पेटलाबुर्जमा डाक्टरहरुले उनलाई जाँच गरेपछि उनका पति र परिवारलाई अछमपेट अस्पतालमा नर्मल डेलिभरी नगराइएको जानकारी दिए । डाक्टरले अछमपेट अस्पतालमा सिजेरियन डेलिभरी गराइएको र त्यस क्रममा बच्चाको टाउको काटिएको खुलासा गरे । डाक्टरहरुले बच्चाको शरीर अझै पनि गर्भवतीको गर्भमै भएकोसमेत खुलासा गरे ।

हैदराबादको पेटलाबुर्ज अस्पतालका डाक्टरहरुले फेरि अपरेशन गरेर स्वातीको गर्भबाट टाउको काटिएको बच्चाको शरीर निकाले । यो घटनापछि आक्रोशित स्वातीका आफन्तले अछमपेट अस्पतालमा तोडफोड गरे । तत्काल डाक्टर सुधा रानीलाई निलम्बन गरिएको छ र जाँच कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया