सिडनी / अस्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार चर्चित नेपाली फेशन डिजाइनर उतम बनेपालीको डिजाइनमा तयार भएको दर्जनौ आकर्षक पहिरनहरुमा सजिएर सिड्नीमा रहेका नेपाली मोडलहरुले र्याम्प नापेका छन् । आफ्नो अढाई दशक लामो फेशन डिजाइनिंग क्यारियरमा पहिलो पल्ट नेपाल बाहिर आफ्नो एकल डिजाइनमा फेशन डिजाइनर उतम बनेपालीको एकल फेशन शो “योर स्टाइल फेशन नाइट २०१९ ” आयोजना भएको हो ।

रेट्रो , ट्रेडीशनल , क्याजुअल, लेहेंगा , पार्टीवेयर लगायत को ६ वटा सिक्वेन्समा १९ जना पुरुष तथा महिला मोडलहरुको र्याम्पवाकले हल दर्शकहरुको तालीले गुन्जायमान भएको थियो । शोको अन्त्यमा प्रमुख आकर्षण चर्चित मोडल तथा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह आकर्षक लेहंगामा सोस्टपरको रुपमा र्याम्पमा उत्रेका थिए ।उनि संगै फेशन डिजाइनर उतम बनेपालीले पनि र्याम्पमा ओर्लिए ।

इम्पायर एजुकेशन र इजी होमको प्रस्तुति र अस्ट्रेलियाको प्रदिप कडेल , स्वतन्त्र प्रताप शाह र योर स्टाइल अस्ट्रेलियाले आयोजना गरेको “योर स्टाइल फेशन नाइट २०१९ “को इभेन्ट म्यानेजमेन्ट नमित चन्द ठकुरी , कोरियोग्राफी निराजन लुइँटेल र कार्यक्रम संचालन उषाकिरण बारियाले गरेका थिए

तपाईको प्रतिक्रिया