जनकपुरधाम । धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी ९३ लाख रुपैयाँ रकम झिकेर फरार भएका छन् ।

सिटीईभीटी धनुषा स्थित बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् ।

ठाकुरले विभिन्न मितिमा ईन्स्टीच्युटको ६२ लाख ५६ हजार र सिटिइभीटी प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैयाँ किर्ते गरी झिकेका हुन् । सिटिइभीटी प्रदेश २ का कामु निर्देशक नागेन्द्र साहले विषयमा मुद्धा दर्ता गरिएको बताए ।

ठाकुरको गतिविधि शंकास्पद हुँदैगएपछि छानविन गर्दा उनले रकम झिकेको पत्ता लागेको थियो ।

ठाकुरको नाममा स्थानीय बैंकहरुमा ६८ लाख भन्दा बढी मौज्दात रहेको र अन्य रकम गाडी खरिद लगायतमा खर्चेको सिटिईभीटीका कर्मचारीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया