काठमाडौ‍ं – चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा भरपुर एक्सन देख्न सकिन्छ ।

२ मिनट ४० सेकेण्ड लामो ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना र बुद्धि तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा बुद्धि र परमितालाई नकारात्मक भूमिकामा देखाइएको छ ।

चलचित्रमा नीता र करणले जोडीको भूमिका निभाएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा लेखन र निर्माण जय राज जयको छ ।

नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको यो चलचित्रमा अनुप सक्सेना, संगीता नापित लगायतले समेत अभिनय गरेका छन् । चलचित्रको पटकथा र संवाद सुशील पोखरेलले तयार पारेका हुन् । यस्तै चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

निर्माण टिमका अनुसार यो चलचित्र माघ १७ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया