विराटनगर, २१ साउन । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ मा आज बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । बिहान ५ बजेबाट शुरु भएको आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । 
प्रहरीका अनुसार आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको बताइएको छ । आगलागीबाट सबै अन्नपात, लत्ताकपडा,नगदसमेका सरसामान जलेर नष्ट भएको छ । आगलागी स्थानीयबासी र सुरक्षाकर्मीले एक घन्टामा नियन्त्रणमा लिएका थिए ।
बिजुली सट भएर आगलागी भएको इप्रका लेटाङले जनाएको छ । आगलागीमा परी काठमा दोमल्ले घर जलेका हुन् ।

तपाईको प्रतिक्रिया