पुस- ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ । हल्का भोक छ भने ल्वाङ चियाले निकै फाइदा पुर्‍याउँछ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ। पछिल्लो समय अधिकांश मानिस हाडको दुखाइको समस्याबाट ग्रसित छन् । यस्ता समस्या भएका मानिसले ल्वाङ चिया पिउँदा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्‍याउने गर्छ ।

अहिले एसिडिटी पनि आमसमस्या बन्दै गएको छ । यस्तो हुँदा पेट दुख्ने, पोल्नेजस्ता समस्या पनि हुने गर्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।दाँतको दुखाइ छ भने पनि ल्वाङको चिया सेवन गर्दा हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ । ल्वाङ दाँत दुख्ने समस्याका लागि निकै फाइदाजनक मानिन्छ ।ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ । जान्नुहोस्, ल्वाङका यस्ता १० फाइदाहरू

१.पिनास:यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ । २. मुटुको समस्या:दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ । ३. घाउ:ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।४.दाँत दुखाई:ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

५. अनुहारमा चमक::दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।६. नरम छाला:ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।७. कमजोरी भगाउँछ:यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।

८. आँखाका लागि:अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।९. रोगसँग लड्ने क्षमता::यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ । १०. एसिडिटी:ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन।

तपाईको प्रतिक्रिया