– नेपाली चर्चित पत्रकार रवी लामिछाने अब चलचित्रमा अभिनय गर्ने चर्चा चलिरहेकाे छ । यसै निर्देशक रञ्‍जित रौनियारको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । हालै गोपीकृष्ण मुभिजले चलचित्र माइकल अधिकारी’ घोषणा गरेको हो । यस चलचित्रमा चर्चित अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि अनुबन्धित भइसकेका छन् ।

यस चलचित्रमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि अभिनय गर्ने चर्चा

यस चलचित्रको लागी निर्देशक रञ्‍जित रौनियारले अन्य कलाकारको खोजी गरिरहेका छन् । यसैक्रममा यस चलचित्रमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि अभिनय गर्ने चर्चा चलेको छ । यस चलचित्रमा रवि लामिछानेको बिशेष भुमिका रहने समेत बताइएको छ ।

यस चलचित्रमा उनको अभिनय रहने या नरहने भन्ने आधिकारीक पुष्टी हुन बाकीँ छ । यस चलचित्र सेरोगेसी (भाडाको काख) मु’द्दामा बन्ने निर्देशक रौनियारले बताएका छन् । केहि दिन अघि यस चलचित्रको सांकेतिक पोस्टर पनि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया