माेरङ / माेरङ पथरी बेस क्यामका एक जना प्रहरीले चेक जाचका क्रममा पक्रेका बाईकहरु कुदाउने गरेको भेटिएको छ । सोमबार पक्रिएको मोटर साईकल मंगलबार बेस क्याम प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष लिम्बुले आफै कुदाउदै गरेको भेटिएको हो ।

मापसेमा पक्राउ परेको को ६ प १५९५ नं. को मोटसाईकल पथरीशनिश्चरे ३ इटाभट्टामा देखिएकाे थियाे । सुरक्षाकर्मिले कसैको पनि सवारी साधन नियन्त्रणमा लिए पछि सुरक्षित राख्नु पर्छ तर इलाकामा सवारी साधनको कमिले गर्दा सुरक्षामा खटिदा प्रयोग गरेकाे लिम्बुले स्वीकारे ।

फुटवल खेलकाे सुरक्षामा खटिएका लिम्बुले अनुमति लिएर कुदाएको भने पनि मोटरसाईकल धनि फडिन्द्र भट्टराईले आफु संग अनुमती नलिएको बताए ।

सोमबार राती ८ बजे पथरीशनिश्चरे १ बजारबाट घर पर्कदै गरेका फडिन्द्र भट्टराई प्रहरी चेकमा परेका थिए । भट्टराईले मापसे गरेको र मोटरसाईकलको अावस्यक कागजपत्र नभएकाले प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको थियाे ।

नउने मंगलबार बिहान माेटरसाइकल छुटाउन प्रक्रिया बुझ्दा बिल काटि परिक्षा दिएर मात्र मोटरसाइकल पाउने बेस क्यामका प्रमुख सहि सन्तोष लिम्बुले बताएका थए ।

भट्राईले ३ महिना अगाडी बिराटनगरका कृष्ण कुमार भेटवाल संग मोटर साईकल किनेका थिए । मोटराईकल धनि काठमाडौ भएकाले पास हुन सकेको थिएन भने ३ दिन अघि बिल बुक हराएको भट्टराई बताउछ

तपाईको प्रतिक्रिया