काठमाडौं । पुजा शर्मा एक नेपाली नायिका हुन । उनको जन्म २०४९ बैशाख् १७ गते नेपालको सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लभर बाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् । पछिल्लो समय सर्वाधिक महंगो नायिकाको परिचय पनि उनै पुजालाई दिइएको छ । कम समयमा नै पुजाले आफुलाई यस क्षेत्रमा स्थापित गर्न सफल भएकी हुन् । पुजाले चलचित्र ‘थ्री लर्भस’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । शर्माले चलचित्र ‘थ्री लर्भस’ बाट डेब्यु गरेता पनि उनी अभिनित चलचित्र ‘प्रेम गीत’ ले नै उनलाई एक सफल अभिनेत्रीको रुपमा परिचित गरायो ।

 

त्यसपछि पुजा एकपछि अर्को चलचित्रमा छाइरहेकी छन् । उनले ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । पर्यटन क्षेत्रको ज्ञान भएकी पुजा कलाकारितामा आएको केही वर्ष बितेको छ । पुजाको नाम नायक प्रदिप खड्कासँग जोडिएर आएको भए पनि उनीहरु यस्लाई स्विकार गर्न मान्दैनन् । हालै उनै पुजाका केही तस्बिर सामाजिक सञ्जाल इन्टाग्राममा भाइरल भएका छन् ।

तपाईको प्रतिक्रिया