काठमाडौं । नेपालमा अहिले एकपछि अर्को विवाहको चर्चा भइरहेको छ । गत २१ मंसीरमा नायिका ऋचा शर्माले बिहे गरेपछि यतिबेला अन्य विवाह गर्न बाँकी कलाकारहरुको नामको पनि चर्चा सुरु भएको छ ।

यो भिडमा चर्चित नायिका केकी अधिकारीसँगै प्रेम सम्बन्धमा रहेकी नायिका मलिना जोशी पनि चर्चामा रहेकी छिन् । अधिकारीले आफुले अहिले नै विवाह गर्ने संकेत नदेखिएको बताएकी छिन् । साथिहरुको विवाह हेरेर विवाहको अनुभव सिक्दै गरेको उनले बताएकी छिन् । यस्तै, मलिनाले पनि आफूले पनि आफ्नो बिहेको चर्चा बजारमा सुन्ने गरेको बताएकी छिन् ।

 

उनले विवाहको चर्चा सुनेको भए पनि आफुले जाडोमा बिहे नगर्ने बताइन् । उनका अनुसार सायद अर्को बर्ष उनको बिहे हुन्छ । धेरै जनालाई बिहे गर्नका लागि जाडो महिना मनपर्छ तर मलिनाले जाडो महिना मन नपरेका बताइन् । यस कारण चिसो मौसममा विवाह नगर्ने बताइन् । मलिना अहिले सुशान्त प्रधानको प्रेममा रहेकी छिन् ।

तपाईको प्रतिक्रिया