अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह यही वर्ष हुने भएको छ । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले दुई पटक इन्गेजमेन्टसमेत गरिसकेका छन् ।

प्रियंकाले आफूभन्दा ५ वर्ष कान्छा आयुष्मानसँग दोस्रो विवाह गर्न लागेकी हुन् । तर, उनीहरूको विवाहको मिति भने अहिलेसम्म टुंगो लागेको छैन । यस वर्षको असारमा विवाह गर्ने सुरसारमा रहेपनि दुवैतर्फका परिवारको समय नमिलेका कारणले विवाह हुन सकेन ।

प्रियंकाले परिवारका सदस्यहरुको समय नमिलेका कारण यस वर्ष विवाह नहुने र अर्को वर्षका लागि विवाहको तयारी भइरहेको बताएकी थिइन् । तर, बुधवार आफ्ना केही नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेका तस्विरहरू सार्वजनिक भएपछि प्रियंकाले यसै वर्ष विवाह गर्न आँटेको भनि चर्चा सुरु भएको छ ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा आफ्ना साथीहरूसंग ब्याचलर पार्टी मनाइरहेको थुप्रै तस्विरहरु पोष्ट गरेकी छन् । सहाना बज्राचार्य, शिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीहरूले दिएको ब्याचलर पार्टीका लागि थाइल्याण्ड प्रस्थान गरेकी हुन् । थाइल्याण्डमा उनीहरू एक हप्ता बस्ने भएका छन् ।

साथीहरूसँग ब्याचलर पार्टी मनाउँदै गर्दा प्रियंकाको विवाहको मिति नजिकिएको अनुमान गरिएपनि यस विषयमा प्रियंका तथा आयुष्मानले कुनै पनि जानकारी भने दिएका छैनन् । यस वर्षको फागुनभित्र प्रियंका र आयुष्मानको विवाह हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया