सुनसरी / सुनसरीको बराह नगरपालिका-६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् ।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा भेटेका थिए ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सक सहितको टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया