विराटनगर / मेरङको उर्लाबारी नगरपालिका–७ बाट बिहीबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक
पथरीशनिश्चरे नगरपालिका–२ का २६ वर्षीय अनुज राई पक्राउ परेका हुन् । राईको साथबाट १७ एम्पुल लुपिजेसिक, १७ एम्पुल डाईजापाम र १९ एम्पुल प्रोमोजोन बरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको झोला भित्र पाँच बोतल कारेक्स र पौरूष जीवन लेखिएको ८४ वटा ट्याब्लेट बरामद भएको उनले बताए । पक्राउ परेका तीनै जना विरूद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।