इटहरी, प्रान कम्पनिले उत्पादन गरेको प्रान फ्रुट कक्टेल जुसमा लेउ जस्तो पदार्थ भेटिएको पाइएको छ । मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले उक्त कम्पनिको जुस खादा लेउ जस्तै देखिने पदार्थ भेटिएको हो ।  

उक्त जुसको प्रयोग मिती सन २०२० सम्म भए पनि उक्त जुसमा लेउ भेटिएपछी उनले प्रानले उत्पादन गर्ने जुसमा लापर्वाही भएको बताएका छन । उनले लेउ भेटिए पछी  उक्त कम्पनीमा खाध विभागले अनुगमन गरी कार्वाही गर्नु पर्ने बताएका छन ।

स्थानिय एक होटलमा जुस खान बसेपछी उक्त जुसमा लेउ भेटिएको दुलालले बताएका छन । यता होटल सञ्चालकले भने दुलाललाई आफुहरुले सामान शिलप्याक नै ल्याउने भएको कारण आफुहरुको गल्ती नभएको तर कम्पनिको लापर्वाही भएको बताएको दुलालले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया