विराटनगर, २३ साउन । 
विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेनरोडका दुईवटा सटर फुटाएर चोरी भएको छ ।

विराटनगर महानगरपालिका नजिकै झण्डै सय मिटरको दुरीमा रहेको वडा प्रहरी कार्यालय नजिकै रहेको पञ्चकन्या ट्रेडलिङ्क र गणनायक मार्केटिङ हाउस रक्सी पसलमा चोरी भएको हो ।
पञ्चकन्या ट्रेडलिङ्कबाट ४ लाख चोरी भएको बताएको र रक्सी पसलबाट ५० हजार चोरी भएको भन्ने जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार रातीको समय चोरी गर्न आएको ब्यक्तिले पैसा मात्र चोरी गरेको र अन्य सामान समेत कुनै नलगेको प्रारम्भीक अनुसन्धानबाट फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको डिएसपी खिउजुले बताए ।

तपाईको प्रतिक्रिया