काठमाडौं / ‘नाई नभन्नु ल २’बाट ठूलो पर्दामा देखिएकी अभिनेत्री आँचल शर्माको बिहेका मिति तय भएको छ । प्रेमी डा. उदिप श्रेष्ठसँग शर्माको बिहे फागुनको अन्तिम साता हुने बताइएको छ ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको पारिवारिक सल्लाह र समझदारीका आधारमा नै बिहे हुन लागेको छ । बिहेको केही समयअघि फूलमाला समेत हुने शर्माले खुलाएकी छन् ।
विभिन्न म्युजिक भिडियोमा सक्रिय रहेकी शर्माले बिहे पछि पनि रंगमञ्चको दुनियाँ नछाड्ने घोषणा गरेकी छन् ।
बेलामौका मिडियासँगको विवादमा तानिने गरेकी शर्मा पछिल्लो समय फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा अभ्यस्त थिइन् ।