माघ- प्रदूषण, चुरोट सेवनलगायत कारणले अहिले फोक्सोसम्बन्धी रोग हुनेहरूको संख्या बढिरहेको छ । फोक्सो सफा राख्न यस्ता खानेकुरा खानुपर्छः मकै मकैमा बेटा–क्रिप्टोसान्थिन पाइन्छ । यसमा पाइने एन्टी–अक्सिडेन्टले फोक्सोको क्यान्सर हुने जोखिमलाई कम गर्छ ।

प्याज प्याज खानाले क्यान्सरग्रस्त कोषिकाको विकास र विस्तारको गति कम हुन्छ । फोक्सोको क्यान्सर भइसकेको छ भने प्याज खानु अझ राम्रो हुन्छ । स्वस्थ मानिसले प्याज खानाले क्यान्सरको जोखिम घट्छ । अदुवा अदुवामा पाइने तŒवले प्रदूषण, धूम्रपान आदिका कारण फोक्सोमा जम्मा भएको विकार शरीरबाट निकास गर्छ ।

धुवाँधुलोमा बढी सक्रिय हुने मानिसले बिहानबेलुकाको भोजनमा अदुवाको टुक्रा समावेश गर्नु राम्रो हुन्छ । सुन्तला सुन्तलामा क्रिप्टोसान्थिन तŒव पाइन्छ । जसले फोक्साको क्यान्सर लाग्ने जोखिम कम गर्छ । सिस्नो सिस्नोमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नो खानाले फोक्सोमा लागेको इन्फेक्सनको प्रभाव कम हुन्छ र फोक्सोमा घातक रोग लाग्न पाउँदैन ।

पिस्ता पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्ने र क्यान्सर लाग्ने जोखिम घटाउने गर्छ । रातो खुर्सानी धुवाँधुलोमा बढी सक्रिय हुने मानिसको छातीमा कफ जमेको छ भने निको हुन समय लाग्छ । यस्तो अवस्थामा खानासँगै रातो खुर्सानी खाने ग¥यो भने कफ, घाँटी र छातीको खसखस कम हुन्छ ।

जडीबुटी सुन्तलाको बोक्रा, पुदिनाजस्ता जडीबुटीलाई आयुर्वेदमा फोक्सो सफा गर्ने जडीबुटीका रूपमा पहिचान गरिएको छ । फोक्सो सफा गर्न परापूर्वकालदेखि खाँदै आइएका यस्ता जडीबुटी चुरोट खानेहरूका लागि ज्यादै उपयोगी हुन्छन् । काउली काउली, ब्रोकाउली र यस्तै प्रजातिका तरकारीमा एन्टी–अक्सिडेन्टको मात्रा बढी हुन्छ ।

जसले फोक्सोमा निकोटिन र धुवाँका कारण जम्मा भएको विशालु पदार्थ कम गर्ने गर्छ । कुरिलो/चुकन्दर/मुसुरोको दाल कुरिलो, चुकन्दर र मुसुरोको दालमा पाइने तŒवले क्यान्सर लाग्ने जीवाणुको असरलाई कम गर्छ । यसले निकोटिन तथा धुवाँका कारण फोक्सोमा आएको खराबीलाई कम गर्छ । लसुन लसुनमा एलिसिन नामक तŒव पाइन्छ । जसले शरीरको इन्फेक्सनविरुद्ध लड्ने क्षमतालाई बढाउँछ ।

यसले फोक्सोको क्यान्सर लाग्ने जोखिमलाई घटाउने गर्छ । भिटामन सी सुन्तला, कागती, मौसम, गोलभेडाको जुस, स्ट्रबेरी, भुइँकटर, आँप, पहँेलो र हरियो भेँडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारी खानुपर्छ ।

भिटामिन–सीले फोक्सोका विकार हटाउँछ र शरीरमा अक्सिजनको सञ्चारलाई तीव्र बनाउँछ । स्याउ स्याउमा पाइने फ्लाभोनोइड्स पदार्थ र भिटामिनहरूले धु’वाँ र निकोटिनका कारण दूषित र विषालु बनेको फोक्सोलाई सफा गर्छ । फोक्सोमा लाग्ने विभिन्न रोगबाट पनि जोगाउँछ । अनार

अनारमा पाइने एन्टी–अक्सिडेन्टले फोक्सो सफा पार्ने काम गर्छ । यसले फोक्सोमा ट्युमर पलाउने जोखिमलाई पनि कम गर्छ । पानी चुरोट खाने मानिसले बढी पानी पिउने गर्नुपर्छ । किनकि, चुरोटसेवन गर्ने मानिसको फोक्सो बढी डिहाइड्रेट हुन्छ । प्रशस्त पानी खाँदा चु’रोटबाट फोक्सोमा जम्मा भएको विकार बाहिर निस्किने गर्छ ।

तपाईको प्रतिक्रिया