हरेक सम्बन्धमा केही न केही समस्या हुन्छ। अझ प्रेम सम्बन्ध त झनै नाजुक हुन्छ। सम्बन्धलाई बलियो बनाउने सही तरिका थाहा नहुँदा मानिसहरु आफ्नो र आफ्नो प्रेमी र प्रेमिकाको मन दुःखाउन पुग्छन्। तसर्थ प्रेम सम्बन्धलाई अझ दरिलो बनाउन निम्न उपाय अपनाउनुस्:-

हरेक दिन सराहना गर्न सिक्नुस्-मानिसहरु प्रायः आफन्तका नराम्रो पक्षमा केन्द्रित हुन्छन्। तर, लन्डनकी रिलेसनसिप थेरापिस्ट सारा क्यालभर्ट भन्छिन, ‘कमजोरीमा केन्द्रित हुन सजिलो छ। तर, यसले नकारात्मक नतिजा दिन्छ। बरु, सराहना र प्रशंसाबाट कुराकानी सुरु गरे कठिन समस्या पनि सल्ट्याउन सजिलो हुन्छ। तसर्थ दैनिक जीवनमा आफ्नो प्रेमी र प्रेमिकामा सराहनायोग्य पक्ष के छ, त्यो खोज्न म सुझाउँछु।’अन्य व्यक्तिको सराहना गरे तिनले आफ्नो उच्च मूल्यांकन भएको महसुस गर्ने र अझ राम्रो काम गर्न प्रेरित हुने उनको तर्क छ।

सञ्चारको सीप तिखार्नुहोस्-कुनै पनि सम्बन्धमा आपसी सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ। प्रभावकारी सञ्चार भएमात्रै सम्बन्ध दरिलो र टिकाउ हुन्छ। यसको सुरुवात आफ्नो भावनाको पहिचानबाट हुने क्यालभर्ट बताउँछिन्। ‘आफ्नै मनको कुरा नबुझी तपाईँ आफ्नो चाहनाबारे बोल्न सक्नुहुन्न,’ उनी भन्छिन, ‘प्रभावकारी सञ्चारले समझदारी, विश्वास र सुरक्षा बढाउँछ।’ त्यस्तै सोचविचार गरेर बोल्ने, उचित भाषा र शैलीको प्रयोग गर्ने पक्ष पनि महत्वपूर्ण हुन्छ। ‘प्रायः मान्छेहरु आफ्ना पार्टनरसँग साँच्चै खराब कुरा भन्ने गर्छन,’ उनी भन्छिन, ‘त्यसले सम्बन्धमा दूरी पैदा गर्ने गर्छ।’

प्रेमीरप्रेमिका फेर्नतिर नलाग्नुस-‘तपाईं कसैलाई बदल्न सक्नुहुन्न,’ परामर्शदाता डी होम्स भन्छिन, ‘र, तपाईंले रोजेको व्यक्ति त्यही नै हो। हामी सबै त्यस्ता काम गर्छौँ, जसले हाम्रो पार्टनरलाई दिक्क लाग्ने गर्छ।’ त्यसैले उनी एकअर्कालाई सम्मान गरेर र एकअर्काका कमजोरीलाई स्वीकारेर अघि बढ्न सल्लाह दिन्छिन्। हरेक व्यक्तिका लागि आफ्नो स्थान महत्वपूर्ण हुने उनको भनाइ छ। ‘तिनलाई आफ्नो स्थान दिनुहोस्, आफ्नो चाहना र सपनाहरुलाई पूरा गर्ने प्रयासमा सहयोग गर्नुहोस्। असमझदारी हुनेबित्तिकै पार्टनर फेर्न्तिर नलाग्नुहोस्,’ उनी भन्छिन्।

लख काट्न छाड्नुहोस्-तपाईं आफ्नो प्रेमीरप्रेमिकाबाट के चाहनुहुन्छ? तपाईंको प्राथमिकता के हो? यी कुरा स्पष्ट रुपमा उनीहरुलाई बुझाउन अत्यन्त आवश्यक छ। आफ्नो चाहना भन्दै नभनी उनीहरुलाई सबै थाहा हुन्छ भन्ने विश्वास त्याग्नुहुन्छ। त्यस्तै उनीहरुको चाहना बुझ्ने सवालामा पनि गल्ती हुने सम्भावना बढी हुन्छ। ‘सो व्यक्तिको जीवन के भइरहेको छ, त्यो थाहा पाउने प्रयास गर्नुहोस्,’ क्यालभर्ट भन्छिन्।

प्रेमीरप्रेमिकालाई प्रेमको आभाष दिलाउनुहोस्-आफ्ना पार्टनरको कामबाट कतिपयले प्रेम महसुस गर्छन्। उदाहरणका लागि चिया पकाएर खुवाउनु।‘कतिपयका लागि अन्तरंगता, यौन, हात समात्नेजस्ता शारीरिक क्रियाकलाप महत्वपूर्ण हुन्छ। कसैलाई उपहार दिएको मन पर्छ,’ क्यालभर्ट भन्छिन, ‘तपाईंको पार्टनरको सार्वजनिक रुपमा हात समातेर हिँड्ने चाहना छ। तर, तपाईंले म तिमीलाई माया गर्छु तर हात समातेर चाहिँ हिँड्दिनँ भन्नुभयो भने उनीहरुले प्रेम नपाएको महसुस गर्न सक्छन्।

तपाईको प्रतिक्रिया