ईटहरी/ गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमका शब्द शृजनामा एनके ब्रदरर्सको संगीत शृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय रहेको छ । बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जली यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन् ।

प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन् । सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्राई र रिचा थापाले साथ दिएका छन् । गीत सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया