ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मु’द्दा दायर गरेका थिए

काठमाडौं जिल्ला अदालतले चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जे’ल सजा’यको फैसला सुनाएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार उनलाई दुई वर्ष कै’दको फैसला सुनाएको हो।

सप्तरीका गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मु’द्दा दायर गरेका थिए। सोही मु’द्दाको फैसला आज भएको हो। कटुवालले पटक पटक रकम फिर्ताका लागि ताकेता गरेपछि ओलीले चेक दिएकी थिइन्। तर ओलीको खातामा रकम नभएको भन्दै बैंकले पैसा नदिएपछि कटुवाल अदालत पुगेका थिए।

ओलीको जायजेथा प्राप्त गर्न नसकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै ज’रिवाना र बिगो बमोजिम कै’द माग

कटुवालले ओलीविरुद्ध दायर गरेको ‘चेक बाउन्स’ सम्बन्धी मु’द्दामा जिल्ला अदालतले ओलीविरुद्ध गत जेठमा ३ महिना कै’द र ३ हजार जरि’वानासहित चेकको रकम साँवा र व्याजसहित तिर्न आदेश दिएको थियो। तर अदातलको त्यो फैसला कार्यान्वयन नभएपछि कटुवालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए।

त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठायो। वडाले म्याद तामेल गर्दा पनि ओली सम्पर्कमा आइनन्। त्यसपछि कटुवालले ओलीको जायजेथा प्राप्त गर्न नसकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै ज’रिवाना र बिगो बमोजिम कै’द माग गर्दै २८ पुसमा फेरि मु’द्दा दिएका थिए।

तपाईको प्रतिक्रिया