नेपालमा घट्यो कोरोना संक्रमण
एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् ।
नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेक...











