त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ ।
अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ । स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।























