ओली र देउवालाई भेटेलगत्तै हिजै प्रचण्ड गाउँ पसे पछि राजनितिवृतमा हल्लाखल्ला

ओली र देउवालाई भेटेलगत्तै हिजै प्रचण्ड गाउँ पसे पछि राजनितिवृतमा हल्लाखल्ला
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको एउटा गाउँ कदमबास गएका छन् । सोमबार दिउँसो ओली र देउवासँग छलफल सकेपछि साँझ नै सिन्धुपाल्चोकको कमदबास पुगेका हुन् । जुन सुकुटेभन्‍दा करिव छ किलोमिटर माथि पर्छ। प्रचण्ड यसअघि पनि महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे जाने गरेका थिए । स...

अन्तत् जनही १ हजार तिरेर छुटे चिनियाँ, अध्यागमनलाई बुझाउन प्रहरी हिरासतमा

अन्तत् जनही १ हजार तिरेर छुटे चिनियाँ, अध्यागमनलाई बुझाउन प्रहरी हिरासतमा
काठमाडौँ / पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १ हजार जरिवाना तिराएर रिहा गरेको छ । काठमाडौं प्रशासनका प्रवक्ता जीवन आचार्यका अनुसार जनही १ हजार रुपैयाँ असुलेर उनीहरुलाई छाड्न निर्देशन दिइएको हो । तर चिनियाँहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा देशबाट निष्कासनका लागि पुनः हिरासतमा लिइएको छ। उनीहरुलाई सोमबार अध्यागमन विभागको जिम्मा लागाइने छ। पुस ७ गते ...

ट्राफिक नियम उल्लंघन गरे एक लाखसम्म जरिवाना

ट्राफिक नियम उल्लंघन गरे एक लाखसम्म जरिवाना
काठमाडौं / सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ। सरकारले अब न्युनतम दुई हजार र अधिकतम एक लाख रुपैयाँसम्म पुर्‍याउने तयारी गरेको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जिन गर्दै सवारी नियम ...

प्रस्तावित मिडिया काउन्सिल ऐनलाई स्वायत्त बनाइनुपर्ने सरोकारवालाको सुझाव

प्रस्तावित मिडिया काउन्सिल ऐनलाई स्वायत्त बनाइनुपर्ने सरोकारवालाको सुझाव
काठमाडौं ।  प्रस्तावित मिडिया काउन्सिल ऐनलाई स्वायत्त बनाइनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । राष्ट्रिय सभामा छलफलमा रहेको उक्त विधेयकबारे शुक्रबार वीरेन्द्रनगरमा आयोजित छलफलमा सरोकारवालाले यस्तो सुझाव दिएका हुन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पूर्वअध्यक्षसमेत रहेका नागरिक समाजका अध्यक्ष पीताम्बर ढकालले नयाँ ऐनमार्फत सरकारले मिडियालाई आफ्नो कब्जामा लिन खोजेको बताए। ‘मिडि...

कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की !

कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की !
सर्लाही / सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ । सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए । आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अन...

घरआँगनमै नाच्न थाले कस्तुरी

घरआँगनमै नाच्न थाले कस्तुरी
रसुवा / रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या बढेको हो । लाङ्टाङ राष्ट्रिय निकुञ्जले यस क्षेत्रका जङ्गलमा दाउरा काट्न नदिएपछि कस्तुरीको सङ्ख्या वृद्धि भएको स्थानीयवासी बताउँछन्...

जापानले २ हजार ३ सय नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्दै

जापानले २ हजार ३ सय नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्दै
काठमाडौं ।  जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो । फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवर...

असम्भव भनिएको एशियाकै लामो झौलुङ्गे पुल अब एक वर्ष अगाडिनै निर्माण सकिदै

असम्भव भनिएको एशियाकै लामो झौलुङ्गे पुल अब एक वर्ष अगाडिनै निर्माण सकिदै
काठमाडौं ।  दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं। १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो । सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गर...

सम्भावनाको ढोका खुल्ला, चक्रपथमा सञ्चालन हुने मोनोरेलको डीपीआर तयार

सम्भावनाको ढोका खुल्ला, चक्रपथमा सञ्चालन हुने मोनोरेलको डीपीआर तयार
  काठमाडौं ।  काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको डीपीआर तयार भएको अन्नपूर्ण पोस्टलाई जानकारी दिए। चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन ९सीआरसीसी० र महानगरबीच गत पुसमा डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको थियो। सीआरसीसी र महानगरबीच एक वर्षभित्र डीपीआर तयार ...

विद्युत् महशुल घटाउने तयारी

विद्युत् महशुल घटाउने तयारी
काठमान्डाैं / विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको उनले बताए । ...