नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो
नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।
उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ। उनले यो संक्रमणमा उल्लेख्य कमी दे...









