दिनदिनै मुटु रोगीहरुको संख्या बढ्दै गईरहेको बेला माेरङकाे बुढीगंगा गाउँपालिका टंकीसिन्वारी स्थित रहेकाे विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्पेशल कार्डियो प्याकेज सेवा उपलब्ध गराउन शुरु गरेको छ । विश्व मुटुरोग दिवसको अवसर पारेर असोज १३ गतेदेखि १५ गते सम्म तीन दिन हस्पिटलले मुटु रोगका बिरामीलाई लक्षित गरी कार्डियो प्याकेज ३ हजार ९ सय रुपैयाँमा नै उपलब्ध गराउने भएको हो ।

पछिल्ला समय मानिसहरुमा आउने स्वास्थ्य समस्याहरुमा मुटुको समस्या प्रमुख रुपमा देखिन थालेको छ । मुटुभित्र पनि अनेक खालका समस्या देखिनाले हृदयघात हुने, मुटुको चालमा गडबढी हुने, मुटु भित्रको भल्भमा समस्या, मुटुको मासु कमजोर भएर मुटु फेल हुने आदि समस्याहरु बढ्दो मात्रामा रहेको मुटु रोग विशेषज्ञ डा. माधव विष्ट बताउछन्। यसरी बढ्दो मुटु रोगीहरुको समस्यालाई मध्यनजर गरेरै असोज १३, १४ र १५ गते तीन दिनलाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्पेशल कार्डियो प्याकेज सेवा उपलब्ध गराएको उनको भनाइ छ ।

१३ असोजमा मनाइदै आएको विश्व मुटु रोग दिवसको अवसर पारेरै अस्पतालले ३ हजार ९ सय रुपैयाँमै उपलब्ध गराइने उक्त स्पेशल कार्डियो प्याकेजमा सिबीसी, आरएफटी, टीएफटी, आरबीएस, इसिजी, इको, युरिन रेमी, लिपिड प्रोफाइल परीक्षण गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया