राष्ट्रपतिद्धारा आयोजित रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट
काठमाडौँ । चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । बुधबार होटल याक एण्ड यतिमा आयोजना गरिएको रात्रि भोजमा हमिदका लागि नेपाली खानाको मेनु तयार पारिएको छ।
उनलाई खानाको रुपमा रेन्बो ट्राउट, लप्सीको अचार,ककनीको कुरिलोको सुप, एभोकाडो साँधेको,गुल्मीको कफी,इलामको चिया राखिएको छ। यस्तै भटमासको कबाब ...