काठमाडौँ ।  चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । बुधबार होटल याक एण्ड यतिमा आयोजना गरिएको रात्रि भोजमा हमिदका लागि नेपाली खानाको मेनु तयार पारिएको छ।

उनलाई खानाको रुपमा रेन्बो ट्राउट, लप्सीको अचार,ककनीको कुरिलोको सुप, एभोकाडो साँधेको,गुल्मीको कफी,इलामको चिया राखिएको छ। यस्तै भटमासको कबाब लगायतको परिकार तयार पारिएको छ। मेन मेनुमा ग्रिल्ड फ्री फेन्ज चिकेन ब्रेस्ट राखिएको छ।

यसको सट्टा केन मसरुम रिसोट्टो पनि राखिएको छ। गत असोजमा राजकीय भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि नेपाली परिकारको मेनु तयार पारिएको थियो। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया