कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत
विराटनगर । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । आइतबार सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कलेजले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेर कान्तिपुरमा भर्ना लिने विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो । विद्यार्थी, अभिभावक तथा विभिन्न आगन्तुकबीचमा कलेजले १०औं ब्याचका विद्यार्थीहरूलाई सम्मान गर्दै ...