वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।

उनका दुई छोरी छन् ।

उनको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया