विराटनगर । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । आइतबार सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कलेजले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेर कान्तिपुरमा भर्ना लिने विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो । विद्यार्थी, अभिभावक तथा विभिन्न आगन्तुकबीचमा कलेजले १०औं ब्याचका विद्यार्थीहरूलाई सम्मान गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो । कान्तिपुर कलेजका सञ्चालक शंकर काफ्लेले यो शैक्षिक सत्रमा कक्षा ११ मा नौ सय २० विद्यार्थी भर्ना भएको जानकारी दिए । उनका अनुसार विज्ञान संकायमा ३५० जना भर्ना भएका छन् भने व्यवस्थापन संकायमा ४२० जना र होटल म्यानेजमेन्टतर्फ १५० छात्र–छात्रा भर्ना भएका छन् । अघिल्लो वर्ष कक्षा ११ मा ११ सय जनाले भर्ना लिएका थिए । कलेजका निर्देशक विष्णु दाहालले अभिभावक र विद्यार्थीको इच्छा भरोसालाई टुट्न नदिनेगरी कान्तिपुर लागिपरेको सुनाए । प्रा.डा. तेजनारायण मण्डलले कान्तिपुर कलेजले समाज र देशलाई खाँचो परेका जनशक्ति उत्पादन गर्नेक्रमलाई निरन्तरता दिइरहेको सुनाए । कान्तिपुर कलेज छोटो समयमा ठूलो फट्को मारेको शैक्षिक संस्था भएको उल्लेख गर्दै यो विश्वसनीयता कायमै राख्ने प्रयत्न आफूहरूको रहने बताए । प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सुवालले विश्वविद्यालयको महत्त्वपूर्ण खुट्किलो मानिने प्रवीणता तहमा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना दिए । कलेजका निर्देशक डा. जनक अधिकारीले विद्यार्थी र अभिभावकले कान्तिपुर नै रोज्ने सही निर्णय गरेको दाबी गर्दै प्रवीणता तहमा राम्रो नतिजा निकाल्न सकेमा युनिभर्सिटीको ढोका सहज हुने बताए । कलेजका प्रिन्सिपल भेषराज नेपालले कमजोर विद्यार्थीलाई शैक्षिक रूपमा अब्बल बनाउनेगरी कान्तिपुर लागिपरेको बताए । पढाइका अलाबा अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर सदैव अगाडि रहेको सुनाउँदै प्रिन्सिपल नेपालले विश्वविद्यालयको आधार मानिने ‘प्लस टु’ मा विद्यार्थीहरूले मिहिनेत गरिदिन आग्रह गरे । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका कोशी प्रदेश प्रमुख जीवन गड्त्यौलाले विभिन्न ३१ वटा विद्यालयबाट सर्वाेत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरूलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले परीक्षाको जिपिएलाई आफ्नो जीवन, समाज र संस्कारसँग जोड्नपर्ने बताए । तथापि, कम जिपिए आएकोमा चिन्तित नभई उज्ज्वल भविष्यका लागि कडा मिहिनेत गर्न आग्रह गरे । विद्यार्थीलाई उनीहरूको चाहना, क्षमता र रुचिका आधारमा पठनपाठन गराउन कलेजले जोड दिनुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















