विराटनगर । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । आइतबार सिटी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कलेजले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेर कान्तिपुरमा भर्ना लिने विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो । विद्यार्थी, अभिभावक तथा विभिन्न आगन्तुकबीचमा कलेजले १०औं ब्याचका विद्यार्थीहरूलाई सम्मान गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो । कान्तिपुर कलेजका सञ्चालक शंकर काफ्लेले यो शैक्षिक सत्रमा कक्षा ११ मा नौ सय २० विद्यार्थी भर्ना भएको जानकारी दिए । उनका अनुसार विज्ञान संकायमा ३५० जना भर्ना भएका छन् भने व्यवस्थापन संकायमा ४२० जना र होटल म्यानेजमेन्टतर्फ १५० छात्र–छात्रा भर्ना भएका छन् । अघिल्लो वर्ष कक्षा ११ मा ११ सय जनाले भर्ना लिएका थिए । कलेजका निर्देशक विष्णु दाहालले अभिभावक र विद्यार्थीको इच्छा भरोसालाई टुट्न नदिनेगरी कान्तिपुर लागिपरेको सुनाए । प्रा.डा. तेजनारायण मण्डलले कान्तिपुर कलेजले समाज र देशलाई खाँचो परेका जनशक्ति उत्पादन गर्नेक्रमलाई निरन्तरता दिइरहेको सुनाए । कान्तिपुर कलेज छोटो समयमा ठूलो फट्को मारेको शैक्षिक संस्था भएको उल्लेख गर्दै यो विश्वसनीयता कायमै राख्ने प्रयत्न आफूहरूको रहने बताए । प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सुवालले विश्वविद्यालयको महत्त्वपूर्ण खुट्किलो मानिने प्रवीणता तहमा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना दिए । कलेजका निर्देशक डा. जनक अधिकारीले विद्यार्थी र अभिभावकले कान्तिपुर नै रोज्ने सही निर्णय गरेको दाबी गर्दै प्रवीणता तहमा राम्रो नतिजा निकाल्न सकेमा युनिभर्सिटीको ढोका सहज हुने बताए । कलेजका प्रिन्सिपल भेषराज नेपालले कमजोर विद्यार्थीलाई शैक्षिक रूपमा अब्बल बनाउनेगरी कान्तिपुर लागिपरेको बताए । पढाइका अलाबा अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर सदैव अगाडि रहेको सुनाउँदै प्रिन्सिपल नेपालले विश्वविद्यालयको आधार मानिने ‘प्लस टु’ मा विद्यार्थीहरूले मिहिनेत गरिदिन आग्रह गरे । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका कोशी प्रदेश प्रमुख जीवन गड्त्यौलाले विभिन्न ३१ वटा विद्यालयबाट सर्वाेत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरूलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले परीक्षाको जिपिएलाई आफ्नो जीवन, समाज र संस्कारसँग जोड्नपर्ने बताए । तथापि, कम जिपिए आएकोमा चिन्तित नभई उज्ज्वल भविष्यका लागि कडा मिहिनेत गर्न आग्रह गरे । विद्यार्थीलाई उनीहरूको चाहना, क्षमता र रुचिका आधारमा पठनपाठन गराउन कलेजले जोड दिनुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित
काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार रा...
केर्खा बस दुर्घटना अपडेट : पिडित पक्षबीच ४ बुँदे सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु
विराटनगर । झापाको कमल गाउँपालिकाको केर्खामा बुधबार साँझ भएको सवारी दुर्घटना भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घ...
सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ
विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रय...
अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी
अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीय...
झापाबाट कौडा खेलिरहेका १३ जना पक्राउ
बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार रात...
मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया
मोरङ : मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया हाजिर भएका छन् । उनी सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर ...