मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्‍याएको हो ।   कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए।  उनले भने, ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थाले...

व्यवस्थापन शिक्षामा ‘अब्बल’ विराटनगरको मेरिल्याण्ड कलेज

व्यवस्थापन शिक्षामा ‘अब्बल’ विराटनगरको मेरिल्याण्ड कलेज
विराटनगर । विराटनगर कोशी प्रदेश कै शैक्षिक हबको रूपमा स्थापित भइसकेको छ । यहाँ विभिन्न निजी शैक्षिकसंस्थाहरू छन् । जो आफूलाई अब्बल र गुणस्तरीय ठान्दछन् । विभिन्न कलेजले भिन्नाभिन्नै विषयमा आफूलाई स्थापित गराउने प्रयत्न गरिरहेका छन् भने कतिपयले स्थापित गरिसकेका छन् । उदाहरणका लागि विराटनगर–७ स्थित रङ्गेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजलाई हेर्न सकिन्छ । मेरिल्याण्ड कलेजले व्यवस्थापन श...

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु
इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरूसँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ।  इटहरी वडा नं. १ को  बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो ।  इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन...

झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ

झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै, चोरीको सुनको औँठी बिक्री गर्ने कार्यमा संलग्न २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने पाथिभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा, सुनको औँठी खरिद गर्ने प्रतिक्षा भेराइटी किराना पसलका ...

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : नेता डा.कोइराला

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : नेता डा.कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत ब्यक्त गरे । कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए । मुलुकक...

धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२२ पुग्यो

धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२२ पुग्यो
 उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण मृत्यु हुनेको संख्या १२२ पुगेको छ। प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका थिए। भीड सभामा समय एक्कासी भागदौड मच्चिँदा ठूलो सङ्ख्यामा हताहत भएको हो। घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका ज...

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।   मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पु...

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ।  स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।  पछिल्लो सयम जंगली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जंगली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ। वर्षा ऋतुको आगमनसँगै जंगली च्य...

लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित पाँचजना पक्राउ
लम्कीचुहा नगरपालिका-३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली,धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहि...

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मगर पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मगर पक्राउ
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका–६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।