विराटनगर । विराटनगर कोशी प्रदेश कै शैक्षिक हबको रूपमा स्थापित भइसकेको छ । यहाँ विभिन्न निजी शैक्षिकसंस्थाहरू छन् । जो आफूलाई अब्बल र गुणस्तरीय ठान्दछन् । विभिन्न कलेजले भिन्नाभिन्नै विषयमा आफूलाई स्थापित गराउने प्रयत्न गरिरहेका छन् भने कतिपयले स्थापित गरिसकेका छन् । उदाहरणका लागि विराटनगर–७ स्थित रङ्गेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजलाई हेर्न सकिन्छ । मेरिल्याण्ड कलेजले व्यवस्थापन शिक्षाका क्षेत्रमा देशमा नै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । कम्प्युटर साइन्स, विजनेश स्टडिज, विजनेश म्याथ र होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको यस कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ । यसको कारण व्यवस्थापकीय नेतृत्व अब्बल भएर नै हो । मेरिल्याण्डले विद्यार्थीहरूलाई निःशुल्क पुस्तक उपलब्ध गराउनुका साथै निःशुल्क कोचिङ, अतिरिक्त क्रियाकलापलगायतमा विशेष जोड दिँदै आएको प्रिन्सिपल लक्ष्मण ढकालले बताए । कलेजले किताबी ज्ञान मात्र नभएर व्यवहारीक ज्ञानलाई विशेष जोड दिँदै आएको उनले बताए । गुणस्तरीय शिक्षा प्रदानमा कुनै कमजोरी नहुने उनी बताउँछन् । अनुकुल वातावरणका कारण विद्यार्थीहरूले पढाइसँगै विभिन्न प्रतियोगितामा पनि उत्तिकै उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यस कलेजमा अत्याधुनिक र सुविधा सम्पन्न कक्षाकोठा, प्रयाप्त ल्याव, स्वच्छ खानेपानी, दक्ष र अनुभवी प्राध्यापक, खेलकुद आदिको राम्रो व्यवस्था छ । मेरिल्याण्डमा कोशी प्रदेशसँगै मधेष प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू आउने गर्दछन् । टाढाटाढाबाट आउने विद्यार्थीहरूका लागि छात्राबास र यातायातको उचित सुबिधा रहेको कलेजले जनाएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्यो
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोली अन्यायको सिकार...
मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते
मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्। देवरले आफ्नै...
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...















