विराटनगर । विराटनगर कोशी प्रदेश कै शैक्षिक हबको रूपमा स्थापित भइसकेको छ । यहाँ विभिन्न निजी शैक्षिकसंस्थाहरू छन् । जो आफूलाई अब्बल र गुणस्तरीय ठान्दछन् । विभिन्न कलेजले भिन्नाभिन्नै विषयमा आफूलाई स्थापित गराउने प्रयत्न गरिरहेका छन् भने कतिपयले स्थापित गरिसकेका छन् । उदाहरणका लागि विराटनगर–७ स्थित रङ्गेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजलाई हेर्न सकिन्छ । मेरिल्याण्ड कलेजले व्यवस्थापन शिक्षाका क्षेत्रमा देशमा नै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । कम्प्युटर साइन्स, विजनेश स्टडिज, विजनेश म्याथ र होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको यस कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ । यसको कारण व्यवस्थापकीय नेतृत्व अब्बल भएर नै हो । मेरिल्याण्डले विद्यार्थीहरूलाई निःशुल्क पुस्तक उपलब्ध गराउनुका साथै निःशुल्क कोचिङ, अतिरिक्त क्रियाकलापलगायतमा विशेष जोड दिँदै आएको प्रिन्सिपल लक्ष्मण ढकालले बताए । कलेजले किताबी ज्ञान मात्र नभएर व्यवहारीक ज्ञानलाई विशेष जोड दिँदै आएको उनले बताए । गुणस्तरीय शिक्षा प्रदानमा कुनै कमजोरी नहुने उनी बताउँछन् । अनुकुल वातावरणका कारण विद्यार्थीहरूले पढाइसँगै विभिन्न प्रतियोगितामा पनि उत्तिकै उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यस कलेजमा अत्याधुनिक र सुविधा सम्पन्न कक्षाकोठा, प्रयाप्त ल्याव, स्वच्छ खानेपानी, दक्ष र अनुभवी प्राध्यापक, खेलकुद आदिको राम्रो व्यवस्था छ । मेरिल्याण्डमा कोशी प्रदेशसँगै मधेष प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू आउने गर्दछन् । टाढाटाढाबाट आउने विद्यार्थीहरूका लागि छात्राबास र यातायातको उचित सुबिधा रहेको कलेजले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रवि पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाको प्रदर्शन
इटहरी । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको बिरोधमा उनको दल राष्ट्रिय स्तवन्त्र पार्टीले काठमाडौं केन्द्र...
राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
काठमाडौं / राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्र...
खाेटाङमा भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रष्ट भवन ठडिए...
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दु...
बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)
विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । दशेभरका ४४ मध्ये क...
डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबा...