६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका–६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया