केन्द्रीय बैठकमा सभापति लामिछानेले महामन्त्री ढकाललाई प्रस्ताव पेश गर्न दिएनन्
राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र महामन्त्रीबीच विवाद बढ्दै गएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न नदिएका हुन्।
रास्वपाका महामन्त्री ढकालका अनुसार समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न मंगलबारको सचिवालयको...