मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६:१० बजेतिर ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटर चालक इलामको चुलाचुली गाउँपालिक...