झापाको पाडाजुँगी–गौरीगञ्ज सडकखण्डस्थित सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज बिहानको राति १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प. १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा कमल ठाकुरको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका भारत झारखण्डको गोडा स्थायी ठेगाना भई पाहुना आएका ४१ वर्षीय ठाकुरको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेका ठाकुरको निम्स अस्पताल दमकमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको हो ।मोटरसाइकल चालक गौरादह १ बस्ने ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया