एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म

एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो । तर शिक्षा मन्त्रालयले ननग्...

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री
गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे । उनल...

त्रिभुवन विमानस्थलबाट विदेश लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट विदेश लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय र उनकै श्रीमती ३५ वर्षीया  रहेका छन् । श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रम...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
मुगु, छाँयानाथ रारा नगरपालिका–४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको हो । स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सर्लाही, हरिवन नगरपालिका–१ पटौनास्थित ख...

सोमबार पनि बढ्यो सुनको मूल्य

सोमबार पनि बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रत...

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा ...

पहिरोले घर पुरिँदा बालकको मृत्यु

पहिरोले घर पुरिँदा बालकको मृत्यु
सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा रमेश बिकका पाँच वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । घटनामा बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ
दुर्गाबहादुर खड्का ।  जसरी पुरानै एसएलसीकै लयमा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आयो यसले अबदेखि बिग्रँदै जान थालेको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखिएको छ। प्यूठानका ८० वटा विद्यालयमध्ये हालसम्म मैले झन्डै ४० भन्दा बढी विद्यालयमा टेलिफोन गरेर शिक्षकहरूसँग प्रतिक्रिया लिएँ।  यो नतिजाप्रति सबैको सकारात्मक प्रतिक्रिया छ। १ दशमलव ६ जीपीए ल्याउँदा...

बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आजदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 0

धरानमा व्यावसायिक बेसार खेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरानमा व्यावसायिक बेसार खेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
धरान उपमहानगरपालिका-२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक रुपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहनुभएको बताउनुभयो । उहाँले २०४५ सालदेखि बेसारको खेती गर्दै आउनुभएको छ । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उहाँ सुनाउनुहुन्छ । उहाँले वर्षमा च...