एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।
यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो ।
तर शिक्षा मन्त्रालयले ननग्...