धरानमा घरमै सुतिरहेका बेला खुकुरी प्रहार, २० वर्षीय युवक गम्भीर घाइते
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा आइतबार राति घरमै सुतिरहेका बेला खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा २० वर्षीय निशान राई रहेका छन्। प्रहरीका अनुसार राति करिब ८ः१० बजेतिर उनीमाथि धारिलो हतियार प्रयोग गरी प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र ‘हडबडे’ नामले चिनिने अर्का एक युवकको समूहले निशानमाथि आक्रमण ग...










