इनरुवा/ सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ शिवनगरमा एक अज्ञात समूहद्वारा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरिएको । शनिबार (आज ) बेलुकी करिब ५ बजे को आसपासमा सफारी कुदाइ रहेको अवस्थामा ती व्यक्तिलाई लक्षित गरी गोली हानिएको र घटना स्थलमै उनकाे मृत्यु भएकाे स्थानीयले बताएका छन् । रामधुनी वडा नम्बर २ शिवनगरका दिनेश चाैधरीकाे मृत्युु भएकाे स्थानीयले जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय पकली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली खटेकाे थियाे। मृत्युको छाति र छातिकाे माथिल्लो भागमा घाउ देखिएकाे छ,गाेली लागेरै मृत्युु भएकाे हाे वा अन्य धारिलो हतियार बाट मृत्यु भएकाे हाे ? भन्ने कुरा हाल खलेकाे छैन । गोली हानेको अज्ञात समूह फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















