काठमाडौं / नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर, साउदी र कतारी रियालसहित केही मुद्रामा मूल्य वृद्धि भएको छ भने युरो र पाउन्डमा गिरावट आएको छ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। बुधबारको तुलनामा खरिददर र बिक्रीदर दुवैमा ४–४ पैसा वृद्धि भएको हो।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा तोकिएको छ। हिजोको तुलनामा युरोमा क्रमशः ३७ र ३७ पैसाको कमी आएको छ।
त्यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने स्विस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा तोकिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७ पैसा, क्यानाडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ।
सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा कायम गरिएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा तोकिएको छ। यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।

मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ।

यस्तै, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा तोकिएको छ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया