नोबेल मेडिकलका नर्स आन्दोलनमा, न्यूनतम पारिश्रमिकको माग
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका नर्सहरुले सेवा सुविधा सुधार र न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलन थालेका छन् ।
अस्पताल प्रशासनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएपछि नर्सहरु असन्तुष्ट बनेका हुन् । उनीहरूले सोमबारदेखि अस्पताल परिसरमै धर्ना कार्यक्रम सुरु गरेका छन् ।
आन्दोलनरत नर्सहरूले पारिश्रमिक वृद्धि, सेवा सुरक्षासहितका माग पूरा नभएसम्म आन्दोलन जारी रा...











